इजरायलका अर्थमन्त्रीले भने- इजरायली सेनाले गाजामा सबै कुरा ध्वस्त पार्दैछ

डिसी नेपाल
६ जेठ २०८२ १०:३७
816
Shares

काठमाडौं । इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टीलाई ‘प्रमुख आतंकवादी शहर’ भनेर वर्णन गर्दै इजरायली सेनाले पट्टीमा बाँकी रहेका सबै चीजहरू नष्ट गरिरहेको बताए।

उनले भने – इजरायली सेनाले त्यहाँ “कुनै कसर बाँकी राख्ने छैन” त्यसैले नागरिकहरूलाई हटाएर गाजा खाली गरिनेछ।

इजरायली मन्त्रीले गाजामा पठाइँदै गरेको खाद्यान्न हमाससम्म नपुग्ने बताए। उनले गाजा पट्टीमा पठाइने थोरै खाद्यान्न हमासलाई नदिने बताए।

“मानिसहरूसम्म केवल अत्यावश्यक वस्तुहरू मात्र पुग्नेछन्, ताकि संसारले हामीलाई रोक्न वा युद्ध अपराधको आरोप लगाउन नसकोस्,” स्मोट्रिच भन्छन्।

“आगामी दिनहरूमा, धेरै कम सहायता (गाजामा) आइपुग्नेछ: केही बेकरीहरूले मानिसहरूलाई रोटी वितरण गर्नेछन् र केही सार्वजनिक भान्साहरूले दिनमा एक पटक पकाएको खाना उपलब्ध गराउनेछन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *