बेलायत, फ्रान्स र क्यानडाले इजरायललाई गाजामा सैन्य कारबाही रोक्न माग गरे
काठमाडौं । बेलायत, फ्रान्स र क्यानडाले इजरायललाई गाजामा आक्रमण तुरुन्तै रोक्न आह्वान गरेका छन् ।
बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
यस विज्ञप्तिमा तीन नेताहरूले भनेका छन्, “यदि इजरायलले आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध हटाएन भने, हामी प्रतिक्रियामा ठोस कदम चाल्नेछौं।”
यी नेताहरूले अक्टोबर ७ मा बन्धक बनाइएका इजरायलीहरूलाई रिहा गर्न हमासलाई अपील पनि गरे।
उनीहरूले थप भने, “हामीले सधैं आतंकवादबाट आफ्ना नागरिकहरूलाई जोगाउने इजरायलको अधिकारलाई समर्थन गरेका छौं। तर यो बढ्दो हिंसा पूर्णतया गलत छ।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment