संवैधानिक परिषद् सम्बन्धि विधेयक चाँडै पास गर्न सुझाव
काठमाडौं । विधायन व्यवस्थापन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) विधेयकमा सैद्धान्तिक छलफल भएको छ।
मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल भएको हो।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउनको लागि पनि विधेयक चाँडै पास गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने,‘हामीले अझैपनि निर्णय गर्न सकेनौं भने समस्याको चाङ हुन्छन्। फेरी अर्को आएर काम गर्दा त्यही लफडा हुन्छ। अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउनको लागि पनि हामीले यो विधेयक चाँडै पास गर्नुपर्ने छ। अहिलेसम्मको प्रधानमन्त्रीले भोगेको कुरा अब आउने प्रधानमन्त्रीले भोग्न नपरोस् भन्ने हो।’
मन्त्री गुरुङले संवैधानिक परिषद्को काम कारबाहीलाई प्रभावकारी बनाउनको लागि पनि विधेयक पास हुनु आवश्यक रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment