ट्युवेलमा पानिखान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

डिसी नेपाल
६ जेठ २०८२ १९:५४

सर्लाही। सर्लाही बलरा नगरपालिका स्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानिखान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ।

बलरा ५ महतो टोल बस्ने बिजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका २ बस्ने बर्ष ७० को महादेव महतो(पुजारी) लाई मोटर जडान भएको ट्युवेलमा पानि खाने क्रममा दिउँसो पौने ३ बजे करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सवा ३ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *