आज पाचँवटा समितिको बैठक बस्दै

डिसी नेपाल
७ जेठ २०८२ ७:५८
112
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक आज बस्दैछ। बुधबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

आज अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने छ।

आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्दैछ। बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको पनि आज बस्दैछ। बिहान ८ः३० बजे बस्ने बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने कार्यसूची रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको २ बजे बस्ने भएको छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ।

यसैगरी आज सार्वजनिक लेखा समितिको ४१ औं बैठक दिनको १ बजे बस्दैछ। सिंहदरबार बस्ने बैठकमा आज पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल गरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *