हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु
गोरखा। हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका ७० वर्षीय बलराम विकको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार बारीमा बाख्रा चराउन गएका विकलाई दिउँसो १४ः३० बजे बारीमा गाडिएको हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको सुवेदीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment