रामेछापमा अब क्यूआर कोडमार्फत जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्न सकिने
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले क्यूआर कोड मार्फत नागरिकले गुनासो गर्न सक्ने प्रविधि विकास गरेको छ।
जिल्लाका सेवा प्रदायक संस्थाले प्रवाह गरेको सेवामा सुझाव तथा गुनासो गर्नु परेमा नागरिकले क्युआरबाट गर्न सक्ने भएका छन्। त्यसका लागि जिल्ला प्रशासन कार्यालय रामेछापका दुईवटा क्यूआर कोड सार्वजनिक गरिएका छन्।
एउटा कोड मार्फत नागरिकले सल्लाह, सुझाव र गुनासो गर्न सक्ने छन् भने अर्को कोडमा जिल्ला प्रशासन कार्यालय प्रवाह गर्ने सेवाको जानकारी रहेका नागरिक बडापत्र रहेको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अहिले दुईवटा क्यूआर कोड सार्वजनिक गरेको बताउँदै यसलाई क्रमशः सुधार गर्दै लैजाने बताए।
प्रविधिको विकाससँगै जिल्ला प्रशासन कार्यालय डिजिटल प्रविधिमा प्रवेश गरेको उनले जानकारी दिए।
जिल्लाका सेवा प्रदायक ३२ वटाबढी सकारी कार्यालयका सूचना अधिकारी तथा पत्रकारहरूको सहभागिता रहको कार्यक्रममा सबै कार्यालयका सूचना अधिकारीलाई हरेक तीन महिनामा अनिवार्य रूपमा सूचना सार्वजनिक गर्न थापाले निर्देशन दिए।
कानुनले अनिवार्य भनेको काम नगर्ने कार्यालय र सूचना अधिकारी माथि कारबाहीको प्रक्रिया अघि बढ्ने उनले चेतावनी दिए।
कार्यक्रममा पत्रकारहरूले सहज रूपमा सूचना नपाएको गुनासो गरेका थिए। सूचना माग्दा गलत नियतले हेर्ने गरेको गुनासो गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment