लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप
काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरुलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो।
सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका बिषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको बताए। सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनले बताए।
सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर सुटिङ गर्न आएकाे आरोप लगाए। सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाए।
त्यस्तै सभापति पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभइ पार्टीले पठाएको जवाफ दिएका थिए।
भनाभनका क्रममा पोखरेलले मोदीलाई पटक-पटक युट्युवबाट बिज्ञापन गर्नका लागि स्टन्ड गरेको बताएका थिए।
यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न गठित बिभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ। समितिमा परेका उजुरी मध्ये ४८ वटा उजुरीहरु छानविनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment