दार्चुलामा पुरुष मृत फेला
धनगढी । दार्चुलामा एक जना मृत फला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–२ बुढीचौराका ४० वर्षीय धनपाल डोबाल मृत फेला परेका हुन्।
नेपाल प्रहरीले उनी महाकाली नगरपालिका–३ झुस्कुका गंगादत्त बडूको घरमा मृत फेला परेका बताएको छ।
दार्चुला प्रहरीले उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। पोस्टमार्टमको रिपोर्टपछि शङ्कास्पद भए अनुसन्धान गर्ने प्रहरीले बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment