उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

डिसी नेपाल
८ जेठ २०८२ १७:२२
84
Shares

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरुलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एकमहिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिए।

समितिले उजुरीहरुको छानबिनका लागि विभिन्न समयमा नौवटा उपसमिति गठन गरेको थियो। ती उपसमितिका समितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो। समितिमा ४८ उजुरी परेको थियो। ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो।

बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरुले सम्यमित भएर प्रस्तुत हुन आग्रह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *