एकीकृत समाजवादीले आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनताको आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर सबै स्थानीय तह, जिल्ला र प्रदेशमा अभियान सञ्चालन गर्न लागेको हो।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा तय गरिएको अभियानमा वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिसहित पार्टीको तात्कालीक कार्य योजना र संगठनात्मक विषयमा समीक्षा गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
अभियानमा जनताका अधिकारलाई सुसूचित गर्दै मुलुकको राजनीतिक चुनौती तथा उनीहरूलाई उत्पादन, प्रविधिका सीपबारे जानकारी गराउने, उद्यमशीलताका कार्यक्रममार्फत देश विकास गर्ने विषय समावेश छन्। यही जेठ दोस्रो सातादेखि संगठन सुदृढीकरण तथा सदस्यता वितरण कार्ययोजनासहित अभियान सञ्चालन गरिनेछ।
उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित तहका प्रशासनिक क्षेत्रमा भए गरेका भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती, शिक्षा, स्वास्थ्य, सामाजिक विभेदलगायत विषयमा केन्द्रित रहेर छलफल गरिने जनाइएको छ। स्थानीय वडा, पालिका तथा प्रशासनमा सुधारका लागि पार्टी संगठनले दबाब दिने कार्यक्रम छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment