गाजामा चिकित्सको घरमा इजरायली आक्रमणः चिकित्सकका १० मध्ये ९ सन्तानको मृत्यु

काठमाडौं। इजरायलले गाजाको खान युनिस शहरका एक बालरोग चिकित्सको घरमा गरेको हवाई आक्रमणमा चिकित्सकका ९ सन्तानको मृत्यु भएको छ।
नासेर अस्पतालमा कार्यरत डा अला अल नज्जारका १० सन्तान मध्ये ९ जनाको मत्यु भएको हो। नज्जारका ११ वर्षीय छोरा र श्रीमान् भने आक्रमणमा घाइते भएका छन्।
नज्जारका घाइते छोराको शल्यक्रिया गरेका बेलायती चिकित्सकले ग्रेयम ग्रुमले बालबालिकाकै उपचारमा आफ्नो जीवन समर्पण गरेकी चिकित्सकले क्षणभरमै आफ्ना ९ सन्तान गुमाउनु असह्य र क्रुर घटना भएको बताइन्।
स्वास्थ्यकर्मी र उनीहरुको परिवार माथिको आक्रमण निन्दनीय भएको भन्दै इजरायली आक्रमणको निन्दा गरिएको छ।
इजरायली रक्षा सेनाले खान युनिस शहरका विभिन्न क्षेत्रमा शंकास्पद व्यक्तिहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ। घटनामा सर्वसाधारणको क्षति भएको भन्ने दाबीका विषयमा समीक्षा भइरहेको जनाएको छ।
Facebook Comment