हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्यो

डिसी नेपाल
११ जेठ २०८२ १२:००
92
Shares

काठमाडौं । हार्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाएको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।

यसअघि, अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी थिइन् – ‘प्रशासनले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम “कानूनको पालना गर्न असफल भएको कारणले” निलम्बन गरेको छ।’

हार्वर्ड विश्वविद्यालयले एक विज्ञप्तिमा ट्रम्पको कदमलाई ‘अवैध’ भनेको थियो। ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्छ।

हार्वर्ड विश्वविद्यालयको तथ्याङ्क अनुसार, गत शैक्षिक वर्षमा छ हजार सात सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भर्ना लिएका थिए। यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *