लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र आफ्नो परिवारबाट समेत निकाले

डिसी नेपाल
११ जेठ २०८२ १६:०२
8.1k
Shares

काठमाडौं । बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई छ वर्षको लागि पार्टीबाट निष्कासन गरेका छन्।

लालु यादवले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यो जानकारी दिएका छन् र लेखेका छन् ‘अबदेखि तेज प्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका हुनेछैन।’

उनले एक्समा लेखे , “निजी जीवनमा नैतिक मूल्यमान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायको लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ। जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन।”

लालु यादवले लेखेका छन्, “त्यसैले, माथिका परिस्थितिहरूका कारण म उनलाई पार्टी र परिवारबाट हटाउँछु। अबदेखि उनको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका हुनेछैन। उनलाई छ वर्षको लागि पार्टीबाट निष्कासन गरिएको छ।”

उनले लेखे, “उनी आफैं आफ्नो व्यक्तिगत जीवनको राम्रो र नराम्रो, गुण र दोष हेर्न सक्षम छन् । उनीसँग सम्बन्ध राख्ने जो कोहीले आफ्नै विवेकमा निर्णय लिनुपर्छ।”

यसअघि आरजेडी नेता तेज प्रताप यादवको फेसबुक अकाउन्टबाट एउटा पोस्ट गरिएको थियो, जसलाई लिएर विपक्षीले आरजेडीलाई निशाना बनाएका थिए।

यसपछि तेज प्रताप यादवले इन्स्टाग्राममा पोस्ट गर्दै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ह्याक भएको र आफ्ना तस्बिरहरू गलत तरिकाले सम्पादन गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *