गाजामा इजरायली हवाई आक्रमणमा २४ जनाको मृत्यु
काठमाडौं । चिकित्सक तथा नागरिक रक्षा अधिकारीहरूका अनुसार आइतबार राति गाजामा भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
यो आक्रमण गाजाको एक विद्यालयलाई लक्षित गरी गरिएको दाबी गरिएको छ। यस विद्यालयमा सयौं विस्थापित मानिसहरू बसोबास गरिरहेको बताइएको छ।
गाजामा हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले विद्यालयबाट २० जनाको शव बरामद भएको बताएका छन्, जसमा बालबालिकाको पनि शव भेटिएको छ।
प्रवक्ताका अनुसार, “बस्नको लागि प्रयोग भइरहेको दुई कोठामा आगो लागेकाले धेरै मानिसहरू नराम्ररी जलेका छन्।”
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भन्यो, “विद्यालयमा आक्रमण हुनुभन्दा केही समय अघि, मध्य गाजामा रहेको एक घरमा इजरायली हवाई आक्रमण भएको थियो। यसमा चार जनाको मृत्यु भएको थियो।”







डिसी नेपाल







Facebook Comment