लिभरपुल क्लवको विजय परेडका क्रममा भिडमाथि कार दौडियो
काठमाडौं । सोमबार इङ्ग्ल्याण्डको लिभरपुल शहरमा लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय परेडमा सहभागी मानिसहरूमाथि एक व्यक्तिले कार चलाएका छन् ।
दुर्घटनामा घाइते भएका दर्जनौं व्यक्तिहरूमध्ये चार बालबालिका पनि छन्। नर्थ वेस्ट एम्बुलेन्स सेवाले २७ जनालाई अस्पताल लगिएको बताएको छ। एक बालकसहित दुई जना गम्भीर घाइते भएका छन्।
यस घटनामा प्रहरीले ५३ वर्षीय बेलायती पुरुषलाई पक्राउ गरेको छ। यो व्यक्तिले कार चलाएको आरोप छ।
लिभरपुल फुटबल क्लबको विजय परेडमा भीडमाथि कार ठोक्काइएको घटना आतंकवादसँग सम्बन्धित नभएको अधिकारीहरूले बताएका छन्।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्विटरमा पोस्ट गरे : “लिभरपुलको दृश्य भयावह छ – मेरो संवेदना घाइते वा प्रभावित सबैसँग छ।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment