न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालमा
काठमाडौं । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन्।
दुई दिने नेपाल भ्रमणको क्रममा उनी आज नेपाल आइपुगेका हुन्। उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।
साथै, परराष्ट्रमन्त्री डा. आरज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment