देशकै सबैभन्दा कुख्यात बाल यौन दुराचारीलाई सजाय सुनाइयो

डिसी नेपाल
१५ जेठ २०८२ १३:०७
3.6k
Shares

काठमाडौं । फ्रान्सको एक अदालतले सयौं बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सर्जन जोएल ले स्कौरेनेकलाई २० वर्षको जेल सजाय सुनाएको छ।

पूर्व शल्यचिकित्सकले १९८९ देखि २०१४ सम्म सयौं बिरामीहरूलाई यौन दुर्व्यवहार गरेको स्वीकार गरे। तीमध्ये धेरैजसो बालबालिका थिए। ले स्कौरेनेकले मार्चमा नै आरोप स्वीकार गरेका थिए।

न्यायाधीश औडे बुरेसीले भने ‘अदालतले पूर्व शल्यचिकित्सकले मुख्यतया अस्वस्थ, कमजोर र अचेत मानिसहरूलाई लक्षित गरेको तथ्यलाई ध्यानमा राखेको छ।’

७४ वर्षीय ले स्कौरेनेकलाई फ्रान्सको सबैभन्दा कुख्यात बाल यौन दुराचारीको रूपमा वर्णन गरिएको छ।

ले स्कौरेनेकले २०२० मा आफ्ना दुई भतिजीहरू सहित चार बालबालिकालाई यौन दुर्व्यवहार गरेका थिए। यस मुद्दामा उनी पहिले नै १५ वर्षको जेल सजाय भोगिरहेका छन्।

केही पीडितहरूको प्रतिनिधित्व गर्ने वकिल फ्रान्सेस्का सट्टाले भनिन् “यस मुद्दामा पीडितहरूको संख्याको तुलनामा बीस वर्षको सजाय धेरै कम हो। लामो सजाय हुन सकोस् भनेर कानून परिवर्तन गर्ने समय आएको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *