गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने माओवादी केन्द्रको निर्णय

डिसी नेपाल
१६ जेठ २०८२ १२:१२
360
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो।

छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको पार्टी सचिव लिलामणि पोरखेलले जानकारी दिए।

बैठकमा पार्टीले सञ्चालन गरिरहेको मध्यपहाडी जागरण अभियान जारी राख्ने र वाइसीएलको महाधिवेशनबारे पनि छलफल भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *