प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक

डिसी नेपाल
१६ जेठ २०८२ १६:१७
212
Shares

काठमाडौं । कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ।

शुक्रबार बसेको समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ को सम्भावित कार्यसूची टुंग्याएको प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका हुन्।

उनले २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गरेको पनि जानकारी दिए।

उनले भने,‘बैठकमा राम्रो छलफल भयो। यो बजेट पारित गर्ने समयसम्मको कार्यतालिकाहरु बनाएको छौं। २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गर्यौं। हरेक पटक सदन बन्द गर्ने सानो–सानो कुरालाई पनि मसला बनाएर लैजाने कुरा राम्रो होइन्। त्यसले संसदीय प्रणालीमा ठूलो चुनौती पैदा गर्छ। त्यसले यसमा गम्भीर भएर सोच्न पर्नेछ।’

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठमा १० वटा र असार १२ सम्म ९ वटा बैठक निर्धारण गरिएको छ।

यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ भने २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन्।

२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको भने सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ। त्यस्तै सम्भावित तालिका अनुसार २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *