चालीस वर्ष मुनिका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गर्न अध्यक्ष ओलीको आग्रह
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गर्न अखिल नेपाल महिला संघको नेतृत्वलाई आग्रह गरेका छन्।
अनेमसंघ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनिका ४० प्रतिशत र ३० वर्ष मुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गरेका हुन्। उनले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले संघलाई निष्ठावान्, क्षमतावान् र सक्रिय संगठनका रुपमा स्थापित गर्नुपर्नेमा पजि जोड दिए।
अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुकभन्दा अग्रगामी रुपमा आफूलाई उभ्याएको स्पष्ट गरे।
मिसन २०८४ को अभियानमा जुट्न महिला वर्गलाई आव्हान गर्दै अध्यक्ष ओलीले एमालेलाई एकल बहुमतको पार्टीका रुपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धितर्फको यात्रालाई सशक्त बनाउनुपर्नेमा जोड दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment