सिडिओसहित ६ सहसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ सहसचिवको सरुवा गरेको छ।
बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ। बर्दिया मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई खटाइएको छ।
कास्कीका सिडिओ भरतमणि पाण्डेलाई गृहमा तानिएको छ। धनुषाका सिडिओ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ। मन्त्रालयको अतिरिक्त समूहमा रहेका शंकरहरि आचार्यलाई धनुषा खटाइएको छ।
पाँचथर सहसचिव अरुण पोखरेललाई सिडिओ बनाएर खटाइएको छ। पाँचथरका विष्णु प्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतका रुपमा खटइएपछि उक्त स्थानमा पोखरेललाई खटाइएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment