कमल थापा भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहलाई समेत प्रहरीले पक्राउ गरेको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका सिंहलाई प्रहरीले सोही स्थानबाट नियन्त्रणमा लिएको हो।
सांसद सिंहलाई सोधपुछका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
उनीसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ। यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै पक्राउ गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment