पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पहुँचको आधारमा नभई , प्राथमिकताको आधारमा विनियोजन गर्न आग्रह गरेको छ।
सोमबार कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। कांग्रेसले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सिपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।
पार्टीका प्रवक्ता सुरत बहादुर रावत (डोटेली कान्छा)का अनुसार, पहुँच र सिफारिसका आधारमा बजेट बिनियोजन गरिँदा विकास असमान हुने भएकाले अब योजनाहरू स्थानीय माग र वास्तविक आवश्यकताको आधारमा निर्धारण गर्नुपर्ने माग गरिएको हो।
कांग्रेसले प्रदेश सरकारसँग मानव जीवनको दैनिकीसँग जोडिएका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अति विपन्न वर्गको आयमूलक तथा सिप विकास कार्यक्रममा बढी जोड दिन आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment