भारतका पूर्वोत्तर राज्यहरूमा बाढीका कारण अवस्था गम्भीर, अहिलेसम्म ३४ जनाको मृत्यु

डिसी नेपाल
२० जेठ २०८२ १४:२६
88
Shares

काठमाडौं । भारतका उत्तरपूर्वी राज्यहरूमा बाढीको गम्भीरता घट्ने छाँट देखिँदैन। समाचार एजेन्सी रोयटर्सका अनुसार यहाँ बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ।

सिक्किममा आएको बाढीमा हजारौं पर्यटक फसेका छन्। मेघालयमा मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सेनाको उद्धार टोली खटिएको छ। यहाँ बाढीमा ५०० जना फसेको रिपोर्ट आएको छ।

मणिपुर अग्निशमन सेवा, आसाम राइफल्स, एसडीआरएफ र एनडीआरएफले बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार मणिपुरमा बाढीबाट ५६ हजार मानिस प्रभावित भएका छन्। यहाँ बाढीबाट १० हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *