फेरि इजरायलले राहत लिन आएका सर्वसाधारणमाथि गोली चलायो, २७ जनाको मृत्यु

डिसी नेपाल
२० जेठ २०८२ १६:३४
412
Shares

काठमाडौं । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजामा सहायता सामग्री लिन आइपुग्दा २७ जनाको मृत्यु भएको र ९० जना घाइते भएको बताएको छ। घाइतेमध्ये केहीको अवस्था “गम्भीर” रहेको छ।

यो घटना दक्षिणी रफाहमा भएको थियो जहाँ सहायता सामग्री वितरण केन्द्रमा केही विवाद पछि गोली चलाइएको थियो। आइतबार पनि यस्तै घटना भएको थियो।

यसअघि गाजाको नागरिक रक्षा एजेन्सीले सहायता सामग्री वितरण केन्द्रमा ३१ जनाको मृत्यु भएको बताएको थियो। एजेन्सीले इजरायली सेनाले सहयोग लिन आएका मानिसहरूमाथि गोली चलाएको बताएको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले रफाहस्थित आफ्नो अस्पतालमा आइतबार ठूलो संख्यामा घाइतेहरू आएको बताएको छ। जसमध्ये २१ जनाको मृत्यु भएको छ।

अर्कोतर्फ, इजरायली रक्षा बलले प्रारम्भिक अनुसन्धानबाट सेनाले मद्दत माग्न आएका वा आउँदै गरेकाहरूमाथि गोली नचलाएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *