सिटिइभिटीको शिक्षा प्रणालीलाई स्तरोन्नती गर्न अति आवश्यक छ: पोखरेल

डिसी नेपाल
२० जेठ २०८२ १७:५२
88
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को शिक्षा प्रणालीलाई स्तरोन्नती गर्नुपर्ने बताएका छन्।

मंगलबार नेकपा (एमाले)को केन्द्रीय विज्ञान तथा प्रविधि विभागको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को बजेटमा विज्ञान प्रविधि र नवप्रवर्तन विषयक अन्तरक्रियामा बोल्दै उनले अर्धप्राविधिक जनशक्तिका रुपमा नेपालको श्रम बजारमा भारतीय युवाहरु मात्र रहेको भन्दै सिटिइभिटीको शिक्षालाई स्तरोन्नती गर्र्नुपर्ने बताएका हुन्।

उनले भने, ‘नेपालको श्रम बजारमा सबैभन्दा धेरै भारतीय युवाहरु आएर अर्धप्राविधिक जनशक्तिका रुपमा सबै क्षेत्रमा काम गरिरहेका छन्। उनीहरुले प्राप्त गरेको रेमिट्यान्सले हाम्रो ठुलो संख्यामा युवाहरु गएर प्राप्त गरेको रेमिट्यान्सको ठुलो हिस्सा भारत लिएर जान्छन्। यस अर्थमा हाम्रो सिटिइभिटीको शिक्षालाई आवश्यकता पुरा गर्नेगरी स्तरोन्नती गर्न सक्नुपर्दछ। प्रमाण पत्र दिएका छौं, सीप दिन सकेका छैनौँ।’

उनले यस पटकको नीति तथा कार्यक्रमले शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्न खोजेको पनि बताए। यसैगरी उनले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुको लागि नीतिले धेरै फराकिलो आधार बनाएको पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *