जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता

डिसी नेपाल
२० जेठ २०८२ १८:००
124
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन्। पार्टीसम्बद्ध नेपाली समाज मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई अध्यक्ष यादव मङ्गलबार स्वदेश फर्किएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ।

मलेसिया भ्रमणमा रहँदा अध्यक्ष यादव र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्याबारे छलफल भएको थियो।

सो अवसरमा विनोदकुमार यादवको अध्यक्षतामा जसपा नेपालको प्रवास समिति ‘नेपाली समाज मलेसिया’ पुनर्गठन गरिएको थियो।

कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतको सहभागीता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *