मानवता भन्दा माथि कुनै जात छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिदैँ मानवता भन्दा माथि कुनै जात नहुने बताएका छन्।
बुधबार छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले आमाले जात नजन्माउँने मानव जन्माउँने बताएका हुन्।
उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’
‘मानवता भन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ,’ उनले थप अगाडि भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment