प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित

डिसी नेपाल
२१ जेठ २०८२ १६:२९
164
Shares

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि ३ः१५ का लागि सारिएको थियो। दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन्। मंगलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो।

आजको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२/८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *