विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छः सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताएका छन्।
कांग्रेस दलित समुदाय समन्वय र सशक्तिकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सबै किसिमका विद्यमान भेदभाव र छुवाछूत अन्त्य गरि समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्र्दै वर्तमान संयुक्त सरकारका माध्यम बाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्ने तर्फ प्रयत्नशील रहेको बताएका हुन्।
दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ संगठनले समेत जुझारू ढंगले विभेदविरूद्ध आवाज वुलन्द गर्ने, र राज्य र समाजको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए। त्यस्तै सभापति देउवाले देशका सबै समस्याहरूको सहि पहिचान गर्दै समाधान गर्न कांग्रेस पार्टी नै सक्षम रहेको धारणा राखे। जातीय भेदभाव गर्ने व्यक्ति पार्टीको सदस्य नरहने व्यवस्था विधानमै गरेको भन्दै उहाले यसको कार्यान्वयन गर्न सबै तहका समितिहरुलाई निर्देशन दिए।
दलित विभेद अन्त्यका लागि कांग्रेसको नेतृत्वमा विभिन्न ऐन कानून बनेपनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्र्नेे किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा सुन्दा अत्यन्तै पिडाबोध हुने गरेको उनले बताए।
सभापति देउवाले दक्षिण एशिया र विशेष गरेर नेपालमा हजारौ वर्ष देखि धर्म, प्रथा र परम्पराका रूपमा कायम हुँदै आएको जातीय भेदभाव र छुवाछूतको व्यवहारले समाजलाई विकृत बनाएको समेत उल्लेख गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment