गाजामा ‘बिनासर्त र स्थायी’ युद्धविरामको प्रस्ताव अमेरिकाले राष्ट्रसंघबाट पारित हुन दिएन
काठमाडौं । संयुक्त राज्य अमेरिकाले गाजामा “बिनसर्त र स्थायी” युद्धविरामको लागि आह्वान गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को मस्यौदा प्रस्तावलाई भिटो गरेको छ।
अन्य १४ सदस्य देशहरूले प्रस्तावको पक्षमा मतदान गरे। मस्यौदा प्रस्तावमा सबै बन्धकहरूको रिहाइ र मानवीय सहायता प्रतिबन्ध हटाउन पनि माग गरिएको थियो।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत डोरोथी शियाले यो प्रस्तावले युद्धविराममा पुग्ने “कूटनीतिक प्रयासहरूलाई कमजोर” बनाउने बताइन्। उनले संयुक्त राष्ट्र संघले हमासलाई ‘आतंकवादी’ संगठन नमानेको पनि बताइन् ।
उनले भनिन्, “हामी हमासको निन्दा नगर्ने र हमासलाई हतियार त्यागेर गाजा छोड्न आह्वान नगर्ने कुनै पनि कदमलाई समर्थन गर्ने छैनौं।” हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि गाजामा कम्तीमा ५४,००० मानिसहरू मारिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment