वाईसीएलका इन्चार्जर निवर्तमान अध्यक्षलाई निवासमै बोलाए प्रचण्डले
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई छलफलका लागि खुमलटार बोलाएका छन्।
सर्वसहमतिबाट नेतृत्व चयनको विषयमा छलफल गर्न उनीहरूलाई खुमलटार बोलाइएको हो। नेतृत्वका काङ्क्षीले अडान नछाडेपछि बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सहमतिबाट नै नेतृत्व चयन गर्ने जिम्मा दीपशिखा, शेर्पाली र अध्यक्षका प्रत्यासीलाई जिम्मा दिने निर्णय गरेको थियो।
त्यसलगत्तै प्रचण्डले उनीहरूलाई छलफलका लागि आफ्नै निवासमा बोलाएका हुन्। अध्यक्षका लागि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी आकाङ्क्षी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment