नेकपा एसको प्रतिक्रिया- पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधियो
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ।
पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपालविरुद्ध भ्रष्टचारको मुद्दा लागेपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।
उनले सरकार र मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दाबी गरेका छन्। उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट धेरै जना भ्रष्टचारको केसमा फस्नेसमेत उनले दाबी छ।
‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो। अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ। मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुंगिन पाएको छैन। यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन्। नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छन्’, उनले भने।
पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौंका लागि हिँडेकोसमेत बताए। ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो। अध्यक्षज्यु काठमाडौं फर्किएपछि यस विषयमा विस्तृत छलफल हुनेछ,’ उनले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment