मुख्यमन्त्री सिंह र एडीबी टोलीबिच भेटवार्ता
जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह र एडीबीका निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वबिच बिहीबार भेटवार्ता भएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहसँग शिष्टाचार भेट गर्दै एडीबीको टोलीले मधेस प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कनको हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएको थियो।
भेटवार्तामा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, एडीबीका वरिष्ठ अधिकृत जुलिका तथा कृष्ण पाठकको पनि उपस्थिति थियो।
एडीबीका निर्देशक जर्नादनमका अनुसार प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयन सुनिश्चित गर्न सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीमा सुधार ल्याउने उद्देश्यका साथ मूल्याङ्कन अघि बढाएको हो।
नेपालमा यसअघि गण्डकी प्रदेशले यो मूल्याङ्कन प्रक्रिया पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment