माधव नेपाल कानुन व्यवसायीसँग छलफलमा

डिसी नेपाल
२२ जेठ २०८२ १९:११
204
Shares

काठमाडौं। अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भए पछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ। पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शीर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरू छलफलमा सहभागी भइरहेका छन र त्यहाँ केही कानुन व्यवसायीसमेत रहेको जनाइएको छ।

अख्तियारले आज अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *