नबिराउनू, नडराउनू, अरु कुरा कानुनी कुरा छन्ः माधव नेपाल

डिसी नेपाल
२२ जेठ २०८२ २१:०२
76
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टचारको मुद्दा राजनीतिक प्रतिशोध भएको बताएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको शीर्ष नेताहरूको बैठले अध्यक्ष नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरूले कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए। छलफलपछि प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानूनी र राजनीतिक प्रतिवाद गरि अदालतबाट क्लिचिट लिएर यो पुर्वाग्रही कदम हो भन्ने सन्देश दिइने बताए।

यस्तै अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट आफूमाथि मुद्दा दायर भएको बताए। संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘नबिराउनू, नडराउनू, मैले भ्रष्टाचार गरेको छैन। चुनाैतिका साथ अघि बढ्छु। अरु कुरा कानुनी कुरा छन्।’

अख्तियारले बिहीबार अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *