हार्वर्डमा विदेशी विद्यार्थीहरूको प्रवेशमा लगाएको प्रतिबन्धलाई न्यायाधीशले रोक लगाए
काठमाडौं । अमेरिकी संघीय न्यायाधीश एलिसन बुरोजले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेश अनुमति नदिने ट्रम्प प्रशासनको निर्णयलाई अस्थायी रूपमा रोक लगाएका छन् ।
म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोजले यदि प्रतिबन्ध लागू भयो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले तत्काल र उल्लेखनीय क्षति भोग्न सक्ने बताए। यो निर्णय हार्वर्डले बिहीबार अदालतमा दायर गरेको मुद्दाको आधारमा आएको हो।
हार्वर्डले ट्रम्प प्रशासनले जानाजानी उनीहरूलाई लक्षित गरिरहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजिरहेको आरोप लगाएको थियो।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सुरक्षाका लागि यो प्रतिबन्ध आवश्यक रहेको बताएका छन्। उनले हार्वर्डलाई आफ्नो क्याम्पसमा यहूदी विरोधी गतिविधिहरू रोक्न पर्याप्त काम नगरेको आरोप पनि लगाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment