वर्तमान सरकारको बारेमा गम्भीर समीक्षा जरुरी : गगन थापा

डिसी नेपाल
२३ जेठ २०८२ १५:०३
64
Shares

बिराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिका बारेमा गम्भीर समीक्षा जरुरी रहेको बताएका छन्।

शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाडै नै केन्द्रिय कार्यसमितिको बैठकले ठोस निर्णय गर्ने समेत बताए।

त्यस्तै उनले पतञ्जली जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गरे। संवैधानिक निकायले कानुन अनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने उनले बताए।

त्यस्तै थापाले वर्तमान सरकार गठनका समयमा भएको सहमति अनुसार संविधन संशोधनसम्बन्धी समिति बनाउन ढिलाई भएको उल्लेख गरे। चाँडै नै समिति बनाएर संविधान संसोधनको एजेण्डाबारे टुङ्गो लगाई प्रक्रियामा लैजाने उनको भनाइ छ।

पार्टीको महाधिवेशन बारे सोधिएको प्रश्नमा महामन्त्री थापाले ०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी पार्टी सदस्यता लगायतका विषयहरुमा काम गरिरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *