एमाले गम्भीर सङ्कट पार गरेर अघि बढेको छ : प्रदीप ज्ञवाली

डिसी नेपाल
२३ जेठ २०८२ १५:५०
44
Shares

भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले अत्यन्तै अप्ठेरो स्थितिलाई पार गरेर अहिलेको अवस्थामा आएको बताएका छन्।

नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताए। ‘हामी अत्ति अप्ठेरा मोड पार गरेर अहिलेको अवस्थामा आइपुगेको छौं,’ उनले भने।

ज्ञवालीले विगतका असजिलाको तुलनामा अहिले पार्टी खासै अप्ठेरोमा नभएको बताए। एमाले देशको सबैभन्दा ठूलो पार्टीको रूपमा बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको उनले सुनाए।

यस्ता अवस्थामा पनि पार्टी माथि भएको आक्रमण सामना गर्न नसक्नु लाचारी हुने उनले सुनाए। अहिलेको सबै खालका चुनौतीको एमालेले सहज सामना गर्ने उनले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *