माधव नेपालविरुद्धको मुद्दामा प्रतिशोधको गन्ध आएको छः प्रचण्ड
काठमाडौं । प्रतिपक्ष दलहरूको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेको छ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड बढीको भ्रष्टाचारका मुद्दा दर्ता राजनीतिक प्रतिशोधबाट भएको निष्कर्ष निकालेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँ बानेश्वरस्थित कार्यकक्षमा बसेको प्रतिपक्षी दलको बैठकले सो निष्कर्ष निकालेको जानकारी दिए। सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि निकै गम्भिर रुपमा प्रश्नचिन्ह खडा भएको उनको भनाइ छ।
‘माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको प्रतिशोधको गन्ध आएको छ,’ उनले संक्षिप्त प्रतिक्रियामा भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment