प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिशोध साँध्नका लागि माधव नेपालमाथि मुद्दा चलाईएको हो: शेरबहादुर कुँवर
काठमाडौं। नेकपा(एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भ्रष्टाचारको मुद्दा चलाईएको बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीले नै प्रधानमन्त्री ओलीको निर्देशनमा नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाईएको भन्ने निश्कर्ष निकालेको बताएका हुन्।
उनले भने, ‘नितान्त राजनीतिक प्रतिशोध साँध्नको लागि ल्याईएको हो भन्ने हाम्रो निश्कर्ष छ। तथ्य र प्रमाणले त्यही कुरा बताउँछ। प्रधानमन्त्रीज्यूको निर्देशनमा हो, प्रष्ट छ।’
उनले प्रधानमन्त्री ओलीले षड्यन्त्रको राजनीति गर्ने गरेको भन्दै नेपालविरुद्ध प्रधानमन्त्री ओलीकै चर्को दबाबको कारण अख्तियारले मुद्दा दायर गरेको बताए।
उनले भने,‘केपी ओली जहिल्यैपनि षड्यन्त्रको राजनीति गर्नुहुन्छ। तर, षड्यन्त्र धेरै टिक्दैन्। देश–दुनियाँले भन्छ माधव नेपालको चरित्र, स्वभाव केलाउउने हो भने आफूलाई अनुचित लाभ लिएर यो निर्णय गरेको होला र भनेर प्रश्न गरेको छ?’
मन्त्रिपरिषदको नीतिगत निर्णयको बारेमा संविधानमा नै स्पष्ट बोलिएको भन्दै नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने उनको दाबी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment