एलन मस्कसँगको विवादपछि ट्रम्पले आफ्नो टेस्ला कार बेच्ने

डिसी नेपाल
२५ जेठ २०८२ ११:१८
448
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि एलन मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताएका थिए।

ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार मिडियाको अगाडि देखाउँदै ट्रम्पले त्यो कार आफूले किनेको बताएका थिए । सीबीएसको एक रिपोर्ट अनुसार ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एलन मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै भनेका थिए ‘मस्कले मेरो खर्च बिलको विरोध गरिरहेको बताएका छन् किनभने यसले उनको कम्पनी टेस्लालाई हानि पुर्‍याउन सक्छ।’

ट्रम्पले भने ‘यो विधेयकले विद्युतीय सवारी साधनमा कर छुट हटाउने कुरा गर्छ, जसले टेस्लालाई घाटा पुर्‍याउन सक्छ र त्यसैले मस्क यो विधेयकको विरुद्धमा छन्।’

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच चर्को वाकयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको आफ्नो ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा एलन मस्कलाई धम्की दिएका छन्।

ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *