ट्रम्पको यात्रा प्रतिबन्ध लागू, १२ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने

डिसी नेपाल
२६ जेठ २०८२ १६:२५
1.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सोमबारदेखि लागू भएको छ।

ट्रम्पले गत हप्ता यो आदेशमा हस्ताक्षर गरेका थिए, जसमा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

ट्रम्पको यात्रा प्रतिबन्ध अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूका लागि हो ।

साथै, सात देशका मानिसहरूलाई अमेरिकामा प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। यी देशहरू बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *