दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह
काठमाडौं। चालु आर्थिक वर्षको दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्यांकमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो।
गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन्।
प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।
वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ भने १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत रु चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ। विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।
समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment