अस्ट्रियामा गोलीबारी, विद्यार्थीहरूसहित धेरै मारिए

काठमाडौं । अस्ट्रियाको ग्राट्ज शहरको एक विद्यालयमा गोलीबारी भएको छ। अस्ट्रियाको सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै विद्यालयमा भएको गोलीबारीबाट धेरै जनाको मृत्यु भएको जनाएको छ।
मृत्यु हुनेमा धेरै विद्यार्थी र शिक्षकहरू रहेका छन्। गोली चलाउने अभियुक्तले पछि स्कूलको शौचालयमा आफैलाई गोली हानेको विश्वास गरिएको छ।
अस्ट्रियाली प्रहरीले मुख्य केन्द्रीय रेलवे स्टेशनबाट टाढा नरहेको ग्राट्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा गोलीबारी भएको बताएको छ।
क्रोनेन जेइटुङ ट्याब्लोइडका अनुसार आक्रमणमा आठ जनाको मृत्यु भएको छ, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।
प्रतिक्रिया
Facebook Comment