क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

डिसी नेपाल
२८ जेठ २०८२ १२:४७

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका निर्देशक काश पटेलले क्यानडामा बस्ने पाकिस्तानी नागरिक मोहम्मद शाहजेब खानलाई आतंकवादी संगठनलाई सहयोग गरेको र आतंकवादी हमला गर्ने प्रयास गरेको आरोपमा अमेरिका सुपुर्दगी गरिएको बताएका छन् ।

“खानमाथि गत वर्ष ब्रुकलिनको एक यहूदी केन्द्रमा आक्रमण गर्न क्यानडाबाट न्यूयोर्कको यात्रा गरेको र अक्टोबर ७, २०२४ मा आइएसआइएसको समर्थनमा सामूहिक गोलीकाण्ड गर्ने योजना बनाएको आरोप छ,” उनले एक्समा प्रदान गरिएको जानकारीमा लेखे।

यो घटना हुनुभन्दा एक वर्ष अगाडि, सोही दिन हमासले इजरायलमाथि आक्रमण गरेको थियो। काश पटेलले लेखेका छन् ‘एफबीआई टोलीहरूले खानको मनसाय अनुमान गरेर आक्रमणलाई विफल पारेका थिए र उनलाई सेप्टेम्बर ४, २०२४ मा क्यानेडाली अधिकारीहरूले पक्राउ गरेका थिए।’

उनले लेखे, “अब उनी अमेरिका आइपुगेका छन् र अमेरिकी कानून अन्तर्गत उनी विरुद्ध कारबाही गरिनेछ।” काश पटेलले लेखे, “यो घटनाले विश्वभर बढ्दो आतंकवादी खतराको सम्झना गराउँछ, र यससँगै हाम्रो यहूदी समुदायको लागि बढ्दो खतरा पनि देखाउँछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *