अमेरिकाको निर्णयले बेलायत र अष्ट्रेलियालाई ठूलो झट्का
काठमाडौं । अमेरिकाले बेलायत र अष्ट्रेलियासँग गरिएको पनडुब्बी सम्झौताको समीक्षा गर्न थालेको छ। अमेरिकाले यो सुरक्षा सम्झौता आफ्नो “अमेरिका फर्स्ट” एजेन्डा अनुसार हुनुपर्ने बताएको छ।
यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिको प्रतिक्रियाको रूपमा हेरिएको छ। अष्ट्रेलियाले अमेरिकाबाट आफ्नो पहिलो आणविक शक्तिले चल्ने पनडुब्बी पाउनेछ।
अष्ट्रेलिया र बेलायतले गत वर्ष आफ्नै समीक्षा गरेका थिए। दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेर स्वीकार गरेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्याङ्कन गर्नु स्वाभाविक भएको बताएका छन्।
अमेरिकाले अष्ट्रेलियालाई आफ्नो सैन्य खर्च कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतबाट बढाएर साढे तीन प्रतिशत पुर्याउन दबाब दिइरहेको बेला यो कदम चालिएको हो।
अहिलेसम्म अस्ट्रेलियाले यसको विरोध गरेको छ।
करिब १७६ अर्ब पाउण्डको यो सम्झौता सन् २०२१ मा हस्ताक्षर भएको थियो। त्यतिबेला तीन देशका विभिन्न नेताहरू यसमा संलग्न थिए।
एक अमेरिकी रक्षा अधिकारीले बीबीसीलाई भने, “विभागले अघिल्लो प्रशासनको अधीनमा भएको सम्झौता ‘अमेरिका फर्स्ट’ एजेन्डा अनुरूप छ कि छैन भनेर सुनिश्चित गर्न अकुसको समीक्षा गरिरहेको छ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment