सवारी दुर्घटनामा एक जनाको मृत्यु, अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

डिसी नेपाल
२९ जेठ २०८२ १६:२२
120
Shares

चन्द्रपुर (रौतहट)। पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर-१ मंगलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा लिम्बुको ज्यान गएको चन्द्रपुर-१ का वडाध्यक्ष बलराम राउतले जानकारी दिएका छन्। ठक्कर दिने सवारी साधनको पहिचान नहुँदासम्म स्थानीयले घटनास्थलमै लास राखेर राजमार्ग अवरुद्ध गरेका थिए। २४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष राउतले जानकारी दिएका छन्।

अहिले सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *