इजरायली आक्रमणमा हुसेन सलामीको मृत्यु भएपछि इरानले नयाँ आईआरजीसी प्रमुख नियुक्त गर्यो
काठमाडौं । इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामीको मृत्युपछि, पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमाण्डर-इन-चीफ नियुक्त गरिएको छ।
यसका साथै जनरल वाहिदीले आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन्। यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिइएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।
यसमा इरान रिभोलुसनरी गार्डका कमाण्डर-इन-चीफ हुसेन सलामी, खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी समावेश छन्।
यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment